कोल्हबी ९ माओवादी केन्द्रको वडा कमिटी गठन
२९ श्रावण, कोल्हबी/बाराको कोल्हबी नगरपालिका वडा नं. ९ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ ।
दलबहादुर चौधरीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको हो । कमिटीको सचिवमा प्रकाश चौधरी, कोषाध्यक्षमा सन्तनिया थरुनी सदस्यहरु राधा रजक, सक्रान्ती माझी, जोगिन्द्र राम, मिरा चौधरी लगायत रहेको छ ।
माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य रामचन्द्र साफीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा नगर सदस्य बासु प्रसाद चौधरी तथा स्थानीय नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।









