पर्सा जिल्लामा प्रेस सेन्टर नेपालको पाँचौँ अधिवेशन सम्पन्न
प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समितिको पाँचौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । वीरगञ्जको होटल कुमु प्यलेसमा मंगलबार भएको अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रेस सेन्टर पर्साका अध्यक्ष नीरज पिठाकोटे मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य गोविन्द देवकोटा रहनु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार समितिका सदस्य एवं जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ, नेकपा माओवादी वीरगञ्ज महानगरपालिकाका इन्चार्ज बाबुराम कौशिक, अध्यक्ष रहबर अन्सारी, प्रेस सेण्टर नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य कृष्ण उदास खनाल, अनेरास्ववियुका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज जुवैर आलम, अनेरास्ववियु जितपुर सिमरा उपमहानगरपालिकाका अध्यक्ष दिपेन यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चाल शिवनाथ यादवले गर्नुभएको थियो । शुभकामना मन्तव्यको क्रममा अधिकांशले श्रमजीवी पत्रकारहरूको हकहितको लागि सबै संगठन एक भएर लाग्नु पर्ने बताएका थिए ।
नवगठित प्रेस सेन्टर पर्साकोे अध्यक्षमा दिपक गौतम उपाध्यक्षमा सोनम गौतम,र्कष्ण मोहन साह, सचिवमा शिवनाथ यादव , सह सचिवमा राम मण्डल , कोषाध्यक्षमा सुमन खरेले, सदस्यहरुमा समिना रञ्जितकार ,मेघराज राय , अनिल साह, प्रणय साह , सनम श्रेष्ठ ,माधव तिमिल्सिना , दिगम्बर थापा , अजित भूजेल,सब्दर हुसैन, रितेन्द्र झा लगायत रहुनभएको छ । भने सह सचिव र सदस्यमा थप एक एक जना गर्ने गरी पछि चयन गर्ने ठाउँ खाली रहेको प्रेस सेण्टर नेपाल पर्साका निर्वाचत अध्याक्ष गौतमले बताए ।त्यसैगरी अधिवेशनले केन्द्रीय प्रतिनिधिमा नीरज पिठाकोटे मगर ,जगत राई ,सन्तोष पौडेललाई चयन गरेको छ ।









