बारागढी गाउँपालिकाकी वडा सदस्य रेखा देवीको निधन, भोलि शोक बिदा

कोल्हवी न्यूज
२०८३ जेष्ठ ११, सोमबार १५:५९ गते

बाराको बारागढी गाउँपालिका–२ की वडा सदस्य रेखा देवीको निधन भएको छ। उनको सोमबार निधन भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा वडा सदस्य देवीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

विज्ञप्तिमा वडा सदस्यका रूपमा उनले समाज विकास, सामाजिक सेवा तथा जनहितका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च सम्मान गरिएको उल्लेख छ। गाउँपालिकाले उनको योगदानको कदर गर्दै मंगलबार शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालका अनुसार जेठ १२ गते मंगलबार अत्यावश्यक सेवाबाहेक गाउँपालिका तथा मातहतका सम्पूर्ण कार्यालयहरू बन्द रहनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*