अमेरिकी र अस्ट्रेलियन डलरको बढ्यो, युरो र पाउन्डको मूल्य घट्यो

कोल्हवी न्यूज
२०८३ बैशाख १६, बुधबार ०७:०१ गते

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा छ।  गएको चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९२ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६८ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ४०० रुपैयाँ १९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा छ।  यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*