सिमरामा जेनजी युथको रक्तदान कार्यक्रम — १३७ जनाको सहभागिता

कोल्हवी न्यूज
२०८२ चैत्र २७, शुक्रबार १८:०८ गते

बाराको सिमरामा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै जेनजी युथ नेपाल बाराले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सिमरा बिजनेश सेन्टर परिसरमा शुक्रबार आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो, जहाँ १६ महिलासहित कुल १३७ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरूदेखि स्थानीय युवासम्मको सक्रिय उपस्थिति रहेको थियो। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेश, प्रकाश थापा तथा प्रहरी नायब निरीक्षक नवराज दानी क्षेत्री लगायतले पनि रक्तदान गरेर उदाहरणीय योगदान दिएका छन्।

यसैगरी स्थानीय समाजसेवी तथा युवाहरू—उमेश चौलागाईं, ठाकुर खतिवडा, सुजन स्याङतान, सन्तोष दाहाल, निशान श्रेष्ठ, केदार ढकाल लगायतको उल्लेखनीय सहभागिता रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सहकार्य गरेको जेनजी बाराका अध्यक्ष सम्राट उपाध्यायले बताए।

मानव जीवन बचाउन सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस्तो कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाएको आयोजकको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*