भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु

कोल्हवी न्यूज
२०८२ असार ११, बुधबार १४:०२ गते

भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिए ।

आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मंगललबार तीन जनाको शल्यक्रिया गरेको छ । “आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ”, निमित्त निर्देशक डा भट्टले भने । आङ खसेका महिलाहरूलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उनले आह्वान गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*