बाराको कोल्हवीमा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न

कोल्हवी न्यूज
२०८२ असार ८, आईतवार २२:०९ गते

कोल्हवी:बाराको कोल्हवि नगरपालिकामा एक समारोहका बिच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्र्म सम्पन्न भएको छ।

कोल्हवी नगरपालिकाका मेयर तथा पालिका खोप समन्व्य समितिका अध्यक्ष रामप्रसाद चौधरिको सभापतित्वमा भएको उक्त कार्यक्र्ममा प्रमुख अतिथी स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश प्रसाद यादब रहनु भएको थियो।

बिशिस्ट अथितिहरुमा कोल्हवी नगरपालिकाकी उप-प्रमुख लक्ष्मी कुमरी चौधरी र कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुईटेल रहनु भएको थियो।यसैगरी अतिथिहरुमा कोल्हवी नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरु,ई.प्र.का कोल्हवी,शसस्त्र प्रहरी बेश कोल्हवी,स्वास्थय संस्थाका प्रमुखहरु,स्वास्थय स्वयंसेविकाहरु,स्वास्थ्यकर्मीहरु लगायतका माहानुभावहरुको उपस्थिती रहेको थियो।

पुर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरिले बाकी रहेका सम्पुर्ण स्वास्थय संस्थाहरु भौतिक रुपमा सम्पन्न भइ सकेको र अब भवन मात्र भएर नहुने यसले नगर भित्रका जनताहरुलाई दिने सेवा सुबिधा पनि अति महत्वपूर्णका साथ कार्यनयन गर्न सकेको खण्डमा नगरको स्वास्थ्य अवस्था मजबुत हुने र यस अघिनै नगरका जनताहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने जानकारि चुस्त दुरुस्त रेकर्ड राखनका लागि ल्यापटप समेत बितरण गरिएको पनि बताउनुभएको छ।

कार्यक्रममा शुभकामना मन्त्ब्य कोल्हवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको तर्फ बाट मोहन चौधरी,सम्पुर्ण वडाको प्रतिनिधित्व साथै स्वास्थ्य शाखा खोप सम्न्वय समिती अध्यक्ष बिष्णु प्रसाद मैनालि, महिला स्वास्थ्यस्वम्सेविकाको तर्फबाट एक जनाले राख्नुभएको थियो।

कार्यक्रममा कोल्हवी नगर पालिका भित्र रहेका आधारभुत स्वास्थ सेवा केन्द्रहरुर र स्वास्थ्य चौकिलाई पुर्ण खोप सुनिश्चितता प्रमाण पत्र प्रदान गरिएको थियो।कार्यक्र्ममा स्वागत मन्त्ब्य कोल्हवी नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोज चौधरिले गर्नुका साथै कार्यक्रमको सन्चालन अशेष ढुंगानाको रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*