भारतमा कोरोना बढेपछि वीरगञ्ज नाकामा सतर्कता, यात्रुको स्वास्थ्य जाँच शुरु

कोल्हवी न्यूज
२०८२ जेष्ठ २०, मंगलवार ०७:४० गते

भारतमा कोरोना बढेपछि वीरगञ्ज नाकामा सतर्कता, यात्रुको स्वास्थ्य जाँच शुरुछिमेकी मुलुक भारतमा कोरोनाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ। भारतबाट स्थलमार्ग र रेलमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुहरूमाथि स्वास्थ्य जाँच शुरु गरिएको छ।

पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सोमबार वीरगञ्ज नाकामा स्थापना गरिएको सहायता कक्ष ९हेल्थ डेस्क० को निरीक्षण गर्दै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले नाकामा सतर्कता अपनाउनु जरुरी रहेको बताए।

ूछिमेकी मुलुकमा बढ्दै गएको कोरोना सङ्क्रमणलाई ध्यान दिँदै यहाँ फैलन नदिन विशेष सतर्कता अपनाउन थालिएको हो, उनले भने, नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउने प्रयास भइरहेको छ।ू

महानगरका अनुसार, हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायतका सामग्रीको व्यवस्थापन गरिएको छ। स्वास्थ्यकर्मी इब्राना खातुनले रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम जाँच अनिवार्य गरिएको बताइन्। उनका अनुसार, यहाँ सञ्चालित हेल्थ डेस्कमा सात जना स्वास्थ्यकर्मी खटिएका छन्।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*