सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने

कोल्हवी न्यूज
२०८१ बैशाख १४, शुक्रबार ०७:२९ गते

सरकारले सात जिल्लामा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालन गर्ने भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम मार्फत आगामी १६ गतेदेखि सो अभियान सुरु गर्ने भएको हो । झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा औषधि खुवाइने छ ।

सात जिल्लाका १०१ स्थानीय तहमा ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेको औषधि सेवन गराउने महाशाखाका प्रमुख डा। रुद्रप्रसाद मरासिनीले बताए ।

सो क्षेत्रमा ६ हजार स्वास्थ्यकर्मी र ५८ सय महिला स्वास्थ्य स्वयम् सेविका खट्ने छन् ।

रसुवा जिल्लामा रगत जाँच गरेर हेर्दा रोग देखिएकाले र बाँकी ६ जिल्लामा औषधि खान योग्य सबैले नखाई दिएकाले ती जिल्लामा हात्तीपाइले औषधि सेवन गराउन लागेको हो ।

नेपालका ६३ जिल्लाबाट सुरु गरिएको यो अभियान ५३ जिल्लामा बन्द गरिसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*