कोलेस्ट्रोल भएको कसरी थाहा पाउने ?
मानिसको शरीरमा बोसो पाइन्छ । यो मासुको बाहिरी तथा छालाको भित्री भागमा हुन्छ । तर, रगतमा पनि बोसो पाइयो भने यो कोलेस्ट्रोलका रूपमा देखापर्ने र निकै हानिकारक हुने गर्छ । यसले रक्त प्रवाहमा ठूलो समस्या सिर्जना गर्ने गर्छ । कोलेस्टोल कलेजोमा उत्पादन हुन्छ । यो स्वस्थ्य जीवनका लागि आवश्यक पनि हुन्छ । तर, यसको मात्रा बढी भएमा भने स्वास्थ्यमा उल्टै समस्या सिर्जना हुन्छ ।
कोलेस्ट्रोल शरीरमा सबैभन्दा छिटो फैलिने बिमारी हो । यो रगतबाट शरीरभरि फैलन बेर नै गर्दैन । साथै, रक्तसञ्चारमा यसले अवरोध सिर्जना गर्छ । रूपमा मानिस देख्दा स्वस्थ देखिए कोलेस्ट्रोल आन्तरिक रूपमा बढ्ने र फैलने रोग हो । यसले हृदयघातजस्ता खतराको चपेटामा पार्छ । हाम्रो अहिलेको जीवनशैली र त्यही जीवनशैली अनुरूप हामीले खानेकुराले यसलाई निम्तो गरिरहेको हुन्छ ।
तसर्थ, कोलेस्ट्रोल’bout बेलैमा सतर्क हुनुपर्छ । यसका लागि निम्न लक्षण ख्याल गर्नुपर्छ ः
क) हात खुट्टा नलाग्नु वा नचल्नु : कोलेस्ट्रोल बढ्दा हाम्रो शरीरमा प्रायः खुट्टा झमझमाउने गर्छ । कतै कतै काँढाले च्वास्स घोचेझैं महसुस हुन्छ । कुनै बेलामा शरीरको एक भाग तातो हुने र अर्को भाग चिसो हुने अनि दुवै हातखुट्टा बेलाबेलामा चिसिने गर्दछ ।
ख) थकाइ निकै महसुस हुने हुन्छ । थकाइका साथै कमजोरी महसुस हुन थाल्छ । पसिना आउने र रिस उठेझैं हुन थाल्छ ।
ग) शरीको तौल बढ्न थाल्छ । शरीर मोटो र भद्दा हुँदै जान्छ । मानिस जति मोटो हुँदै गयो, उति मोटो शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । यसले मानिसलाई मुटु वा दिमागको बिमारी बनाउँछ । साथै, गम्भीर खतरामा पु¥याउँछ ।
घ) कोलेस्ट्रोल बढ्दा टाउको दुख्ने र रिंगटा लाग्ने पनि हुन्छ । यसले रगत बहने नली अर्टेरिसमा असर पार्छ । यो असरले मुटु र दिमागमा एकैपटक असर पु¥याउँछ । यसले मानिसले भन्ने गरेको अर्धकपाली अर्थात्, आधा टाउको दुख्न सुरु हुन थाल्छ । मुटु र मस्तिष्कमा आवश्यकताभन्दा कम रगत प्रवाह हुनुको कारणले मानिसमा चिन्ता, भय र डर पनि उत्पन्न हुन्छ । मुटु कमजोर हुन थाल्छ ।
ङ) सास फेर्न निकै गाह्रो हुन्छ । चिटचिट पसिना आउँछ । घाँटी थिचेको वा निचोरेको झैं महसुस हुन्छ । थोरै काम गर्दा पनि अत्यधिक थकाइ लाग्ने, पसिना धेरै आउने हुन्छ ।
च) कोलेस्ट्रोलका कारण खाना पाचनमा समस्या आउँछ । पेटमा ग्यास्ट्रिक बढ्न थाल्छ । पाचन प्रणालीमा गडबड आउन थाल्छ । पाचन प्रक्रियामा अनियमितता हुन थाल्छ । यसले गर्दा पेट फुल्ने, खाना नपच्ने, पेटमा ग्याँस बन्ने र अमिलो पानी आउने हुन थाल्छ ।
छ) कोलेस्ट्रोलले बाह्य लक्षण पनि देखाउन थाल्छ । कोलेस्ट्रोल बिरामीको आँखा वरिपरि पहेंला दाना वा बिबिरा देखापर्न थाल्छन् । यस्ता बिबिरा सुरुमा साना देखापरे पनि पछि भने ठुल्ठुला हुन थाल्छन् । दुख्न थालेपछि यिनले निकै समस्या दिन थाल्छन् ।









