बाराको कोल्हवीमा दादुरा रुबेला खोप अभियानको अभिमुखीकरण तथा योजना गोष्ठी सम्पन्न
कोल्हवी:कोल्हवी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुबेला खोप अभियान २०८० /०८१ नगर स्तरीय खोप समन्वय समिति अभिमुखी करण तथा योजना गोष्ठी आइतबार नगर पालिकाको सभा हलमा एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।
कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको सभा पतित्वमा सम्पन्न भएको कार्यक्रमको बिशिस्ट अतिथिहरुमा कोल्हबी नगरपालिकाकी उप प्रमुख लक्ष्मी कुमारी चौधरी,निमित्त प्रमुख प्रशासकि अधिकृत सुरेन्द्र चौधरी,अतिथिहरुमा कोल्हवी नगरपालिका वडा न.१का वडा अध्यक्ष राजहरण चौधरी,२ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी,३का वडा अध्यक्ष किशुनदयाल चौधरी,४ का वडा अध्यक्ष बिष्णु मैनाली,५ का नन्दकिशोर चौधरी,६ का दिनेश चौधरी,७ का सलाउदिन अन्सारी,९ का दलबहादुर चौधरी , १० का कुन्जबिहारी चौधरी,स्वास्थय शाखा सहायक प्रमुख बिश्वनाथ चौधरी,इलाका प्रहरी कार्यालय कोल्हविका प्रमुख भोलामान सिह अधिकारी,सशस्त्र बेस कोल्हविका प्रमुख उमेश पौडेल श्री अनुप दिपनी मा बि कोल्हबिका प्र अ रामप्रकाश चौधरी,श्री ने.रा.मा.बि सपहिका प्र.अ भुनेश्वर चौधरी,श्री जनता मा बि ककडी प्रसौनाका प्र अ चन्द्रदेव कुशवहा,श्री मनि मा बि थस्कौलका प्र अ जग्दिश पन्डित,महिला शाखा प्रमुख बिमला सुनार लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम मार्फत स्वास्थ्य शाखा प्रमुख मनोज चौधरीले दादुरा रोगको औचित्य,जटिलता,राष्ट्रिय खोप कार्यक्रमको मुख्य उपलब्धिहरु,खोप चुनौती,खोप कार्यक्रम,कार्यक्रमको भावी योजनाको बारेमा जानकारी गराउनु भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख रामप्रसाद चौधरीले दादुरा रुबेला खोप कार्यक्रमलाई सफल पार्न सम्पुर्ण जन प्रतिधिनी , शिक्षक,सुरक्षा कर्मी,स्वास्थ्य कर्मी र स्थानिय सन्चार माध्यमलाई आग्रह समेत गर्नु भएको थियोे ।कोल्हबी नगरापालिका लगायत देशै भर यही फाल्गुन २० गते देखि २४ गते सम्म दादूरा रूबेला खोप संचालन हुनेछ।









