कोल्हवीको ग्लोबल सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न
कोल्हवी:बाराको कोल्हबि बजारमा रहेको श्री ग्लोबल बहुउद्देश्यीय सहकारी सस्था लि.कोल्हबि-१ बाराले आफ्नो चौथो बार्षिक उत्सवको अवसर पारेर रक्तदान जिवनदान मुल नाराको साथ मंगलबार सस्थाको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम मंगलवार सम्पन्न गरेको छ।
रक्तदान कार्यक्रममा ५८ जना पुरुष र १२ जना महिला गरि जम्मा ७० जनाले रक्तदान गरेको थिए। रगतको अभावमा कसैको अकालमा मृत्यु नहोस भने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सस्था शान्ति बृद्धा फाउन्डेसन कोल्हबिका अध्यक्ष प्रेम नारायण चौधरीले बताउनु भएको छ। 
रक्तदान कार्यक्रमको प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी बिरगंज पर्सा शाखा र सहयोगीमा स्थानीय तामागढि हस्पिटल प्रा.ली कोल्हबि रहेको थियो। उक्त्त कार्यक्रममा आयोजक सस्था श्री ग्लोबल बहुउद्देश्यीय सहकारी सस्था कोल्हबि.१ का पदाधिकारीहरु सेयर सदस्यहरु,बचतकर्ताहरु संयोजक सस्था शान्ति बृद्धा फाउन्डेसनका सदस्यहरु लगाएत शुभेच्छुकहरुको उपस्थित रहेको थियो।









