मकवानपुर टेक्निकल इन्ष्टिच्यूटमा यस बर्ष देखि फिजियो थेरापि अध्यापन हुने
हेटौंडा:मकवानपुर टेक्निकल इन्ष्टिच्यूटले यस वर्षदेखि तीन वर्षे फिजियो थेरापी अध्यापन सुरु गरेको छ ।
मकवानपुरमा २७ वर्षदेखि निरन्तर स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जिल्लाको एक मात्र टेक्निकल इन्ष्टिच्यूटले यस वर्षबाट फिजियो थेरापी अध्यापन सुरु गरेको इन्ष्टिच्यूटका प्रिन्सिपल अमिष सुवेदीले जानकारी दिए ।
इस्ष्टिच्यूटले गत वर्षबाट तीन वर्षे रेडियोग्राफी र ल्याब टेक्निसियन पढाउन सुरु गरेको थियो । यस वर्ष भने ४० जना विद्यार्थीलाई फिजियो थेरापी अध्यापन गराइने प्रिन्सिपल सुवेदीले बताए ।
६ वर्षदेखी निरन्तर एच.ए. विषय पढाउँदै आएको बताउँदै सो इन्ष्टिच्यूटबाट उत्पादन भएका विद्यार्थीहरु अहिले जिल्लाभित्र तथा अन्य जिल्लामा दक्ष जनशक्तिको रुपमा कार्यरत रहेको सुवेदीले बताए ।
इन्ष्टिच्यूटले सुरुवाती चरणमा १८ महिने सिएमए, अनमी, एएनएम, ल्याब असिस्टेन्ट पढाउँदै आएको थियो । पछिल्लो समय भने एच.ए, ल्याब टेक्निसियन, रेडियोग्राफी अध्यापन गराउँदै आइरहेको सुवेदीले बताए ।









