बारागढी गाउँपालिकाले गर्यो जनस्वास्थ्य प्रयोगशालाको शुभारम्भ

कोल्हवी न्युज
२०८० श्रावण २, मंगलवार २०:१२ गते

कोल्हवी: मधेस प्रदेश अन्तरगत बारा जिल्लामा पर्ने बारागढि गाउँपालिकाले आज एक कार्यक्रमका बिच वडा न. ३ मा जनस्वास्थ्य  प्रयोगशालाको शुभारम्भ गरिएको छ।

 

मधेस प्रदेश सरकार एवं  स्थानिय तह बिचको सहकार्यमा गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको बिशिस्ट अथितिमा गाउँपालिका उपाध्यक्ष  लक्ष्मी देबि राम,प्रशासकिय प्रमुख महेश कुमार ठाकुर,वडा न.३ का वडा अध्यक्ष उमेश प्रसाद साह,वडा न.१ का सुरेश प्रसाद चौधरी र वडा न.५ का वडा अध्यक्ष मेनेजर चौधरी  रहनु भएको थियो।

 

त्यसैगरि अतिथिहरुमा स्वास्थ चौकि प्रमुख बिनोद प्रसाद चौधरी,राम बाबु प्रसाद साह,बिनय भुसण कुमार चौधरी ,पारस प्रसाद चौधरी ,रामेस्वर चौधरी ,कैलास राम यादब लगायत शिक्षक बर्थिङ सेन्टरका अनमिहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष जयसवालले अब यस जनस्वास्थ्य प्रयोगशाला बाट गाउँपालिका भित्रका जनताहरुले ५४ प्रकारका रोगहरुको परिक्षण सहज तरिकाले गर्न पाउने भएकोमा आफु निकै खुशि भएको र जनताले भोग्दै आएको स्वास्थ सम्बन्धि दु:ख सहज हुने आशा ब्यक्त गर्नु भएको छ।

 

कार्यक्रममा उमेश प्रसाद साहले मन्त्ब्य राख्नु भएको थियो।कार्यक्रमको संचालन ओम प्रकाश चौधरीले गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*