गाउँपालिका अध्यक्ष जयसवालको अथक प्रयासमा एम्बुलेन्स
कोल्हवी: बारा जिल्ला अन्तर्गत पर्ने बारागढि गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको अथक प्रयासमा गाउँपालिकाले नेपाल भारत मैत्री विकास कार्यक्रम अन्तर्गत आज काठमाण्डौमा उपहार स्वरुप एम्बुलेन्स प्राप्त गरेको हो।
काठमाण्डौ स्थित भारतिय राजदुतावास बाट गाउँपालिकाले उपहार स्वरुप आज एक कार्यक्रमका बिच एम्बुलेन्स प्राप्त गर्न अथक प्रयास गर्नु परेको थियो।
भारतिय राजदुतावासले उपहार स्वरुप नेपाललाई यस बर्ष ३४ एम्बुलेन्स र ५० स्कुल बस प्रदान गरेको हो। एम्बुलेन्स यस बर्ष बारा जिल्लामा एक मात्र बारागढि गाउँपालिकाले प्राप्त गरेको हो।
गाउँपालिकाको यस अघि आफ्नै एम्बुलेन्स नभएको र अब यस गाउँपालिकामा एम्बुलेन्स आएपछि यस भेगका सबै जनताहरुलाई आपतकालीन अवस्थामा गाउँपालिकाको एम्बुलेन्सबाट छिटो छरितो सेवा दिन पाइने भएको बारागढि गाउँपालिकाका अध्यक्ष जयसवालले कोल्हवि न्युज लाई जानकारी गराउनु भएको छ।









