शौचालयमा स्मार्ट फोन प्रयोग गर्दा १० गुणा बढी व्याक्टेरियाको जोखिम

कोल्हवी न्यूज
२०८० असार १८, सोमबार ०७:४८ गते

शौचालयमा स्मार्ट फोन प्रयोग गर्दा १० गुणा बढी व्याक्टेरियाको जोखिम हुने तथ्या फेला परेको छ । एक अध्ययनमा भनिएअनुसार हाम्रो स्मार्टफोनमा शौचालयको सिटभन्दा १० गुणा बढी ब्याक्टेरिया पाइने गरेको तथ्या फेला परेको हो ।

नर्डभीपीएनले गरेको एक अध्ययनका अनुसार १० मध्ये ६ व्यक्ति विशेष गरी युवाहरू आफ्नो फोन वाशरूम९बाथरुम०मा लैजाने गरेका छन। यस अध्ययनमा सहभागी ६१।६ प्रतिशतले बाथरुमको सिटमा बसेर आफ्नो फेसबुक, ट्विटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका अकाउन्ट चेक गर्ने स्वीकार गरेका छन्।

अध्ययनकाअनुसार करिब एक तिहाइ व्यक्तिहरूले बाथरूममा समसामयिक कुराहरू पढ्छन् भने एक चौथाईले आफ्ना प्रियजनहरूलाई सन्देश पठाउँछन्। जीवनसँग सम्बन्धित हरेक समस्या र त्यसको समाधानको बारेमा पनि मानिसहरु शौचालयको सिटमा नै चर्चा गर्छन्।

सधैं स्मार्टफोन प्रयोग गर्ने बानी पनि उत्तिकै खराब छ तर जब तपाइँ यसलाई ट्वाइलेट सिटमा प्रयोग गर्नुहुन्छ, तब खतरा झनै बढ्छ। ट्वाइलेट सिटमा हुने ब्याक्टेरिया कुनै पनि तरिकाले स्मार्टफोनको सतहमा धेरै बेरसम्म रहने पनि उक्त अध्ययनले देखाएको छ ।

रिपोर्टका अनुसार ब्याक्टेरिया मोबाइल फोनको स्क्रिनमा २८ दिनसम्म बाँच्न सक्छ। यस्तै अर्को एक रिपोर्टमा, संक्रमण नियन्त्रण विशेषज्ञ डाक्टर ह्यूग हेडेनको भनाइलाई याहू लाइफ युकेले प्रकाशन गरे अनुसार यो स्थापित तथ्य हो कि स्मार्टफोनले ट्वाइलेट सिटको भन्दा १० गुणा बढी ब्याक्टेरिया बोक्छ। उनले स्मार्टफोनको टचस्क्रिन डिजिटल युगको लामखुट्टे भएको बताए।एजेन्सी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*