अण्डाः कोलेस्ट्रोल हुँँदा–हुँँदै पनि मुटुका स्वास्थ्यका लागि कसरी फाइदाजनक ?
अण्डा हाम्रो स्वास्थ्यका लागि विभिन्न प्रकारले फाइदाजनक मानिन्छ । अण्डामा प्रोटीन पर्याप्त मात्रामा पाइन्छ, जसले शारीरीक विकास र मांसपेशिका लागि अति लाभदायक हुन्छ ।
यसबाहेक भिटामिन, मिनरल्सका साथै अन्य विभिन्न माइक्रोे–न्यूट्रिएन्ट्सको पनि राम्रो स्रोत मानिन्छ अण्डा । अण्डा सेवनले मांसपेशि विकास मात्र नभएर मुटु रोगको जोखिमबाट समेत बचाउँछ भन्ने कुरा अध्ययनबाट थाहा भएको छ ।
अण्डाको विरोधाभासी अध्ययनमा अण्डाको पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा हुन्छ भन्ने गरिन्छ । कोलेस्ट्रोल अत्यधिक भएका खाना मुटुको स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यसैले अण्डामा कोलेस्ट्रोल हुन्छ भने अण्डा मुटु स्वास्थ्यका लागि कसरी फाइदाजनक हुन्छ रु भन्ने प्रश्न उठ्छ ।
मुटुको स्वास्थ्यका लागि अण्डा फाइदाजनक
सबैप्रथम त अण्डा सेवनले मुटुलाई कस्तो फाइदा पुर्याउँछ भन्ने बारेमा थाहा पाउनु आवश्यक छ । बीएमजे जर्नलमा प्रकाशित एउटा अध्ययन अनुसार अण्डा सेवनले रगतमा मुटु स्वास्थ्यका लागि उपयुक्त मेटाबोलाइट्सको मात्रा बढाउन सक्छ, जसले मुटु सम्बन्धि रोगको जोखिम कम हुन्छ । दिनहुँ एउटा अण्डा सेवन गर्नाले मुटु रोगको जोखिम कम गर्न सहयोग प्राप्त हुन्छ भन्ने अध्ययनको निष्कर्षले बताउँछ ।
जर्नल हर्टमा प्रकाशित सन् २०१८ मा भएका अन्य अध्ययनमा चीनमा करिब आधा मिलियन वयस्कलाई सहभागि गरिएको थियो । जुन मानिसले दिनहुँ एउटा अण्डा सेवन गरेका छन्, उनीहरुमा मुटु सम्बन्धि रोग र स्ट्रोकको जोखिम अण्डा नखाने मानिसको तुलनामा निकै कम भएको अध्ययनकर्ताले पत्ता लगाए ।
अण्डामा कोलेस्ट्रोलको मात्रा
अण्डा मुटुका लागि फाइदाजनक मानिएता पनि केहि विरोधाभासीको सर्वेक्षणबाट अण्डाको पहेँलो भागमा कोलेस्ट्रोल पाइन्छ, जुन रगतमा कोलेस्ट्रलको मात्रा बढाउने किसिमको हुन्छ भन्ने पाइएको छ । यस्तो अवस्थामा कसरी अण्डा मुटुका लागि फाइदाजनक हुन्छ रु भन्ने प्रश्न उठ्छ ।
अण्डा खाने कि नखाने ?
आहार विशेषज्ञ भन्छन् – ‘एक–दुई वटा अण्डा आनाले स्वस्थ मानिसमा मुटु रोगको खतरा बढ्दैन ।’ मोयोक्लिनिकका विशेषज्ञ भन्छन् – ‘यदि तपाईँ अण्डा मन पराउनु हुन्छ र कोलेस्ट्रोलबाट बच्न चाहनु हुन्छ भने अण्डाको सेतो भाग मात्र सेवन गर्न पर्छ । अण्डाको सेतो भागमा कुनै किसिमको कोलेस्ट्रोल हुँदैन र यसमा पर्याप्त मात्रामा प्रोटीन हुन्छ ।’
यदि तपाईँ संयमित मात्रामा अण्डा खानु हुन्छ भने अण्डाको सेवनले मुटुुको स्वास्थ्य राम्रो बनाउन सहयोग पुर्याउँछ भन्ने कुराको संकेत प्रायः सर्वेक्षणबाट प्राप्त भएको छ ।









