बाराको कोल्हवीमा शनिवार नि:शुल्क स्वास्थ्य शिविर हुने
कोल्हवी: बाराको कोल्हवी नगरपालिका वडा न.१मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्हबिमा भोलि शनिबार १३ गते बिहान १० बजे देखि ४ बजे सम्म नि:शुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ। कोल्हवी नगरपालिका र आशाराम हस्पिटल प्रा.लि बिरगंजको सहकार्यमा विशेषज्ञ चिकित्सकहरुको टोलिले उक्त शिबिरमा बिभिन्न रोगहरु लागेका ब्यक्तिहरुको स्वास्थ्य चेक जाच गरिने कोल्हबि नगरपालिकाले जनाएको छ। स्वास्थ्य शिबिरमा डा. अशोक दासले नवजात शिशु तथा वाल रोग विशेषज्ञ ,जेनरल सर्जन डा. अरबिन्द गिरि,स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अलिशा दास,अर्थोपेडिक सर्जन डा.शुसिल साह,जेनरल सर्जन डा. मुकुन्द यादव र जेनरल फिजिसियन डा. लोकेश्वर चौरसिया रहने बताइएको छ।स्वास्थ्य शिबिरमा बिशेष गरि बिपन्न बर्ग र गरिबहरुलाई राहत हुने हुँदा स्वास्थ्य शिबिरमा उपस्थित भइ आफ्नो स्वास्थ्य चेक जाच गराउन कोल्हवी नगरपालिकाले आम नगरबासिहरुमा आग्रह पनि गरेको छ।प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीले यहि जेष्ठ १० गते देखि २४ सै घण्टा ईमर्जेन्सी सेवा सुचारु गरेको छ।









