भीमफेदी कारागारका कैदीबन्दीलाई झाडापखाला संक्रमण

कोल्हवी न्यूज
२०८० जेष्ठ ९, मंगलवार ०७:४५ गते

मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला संक्रमण भएको छ ।

सोमवार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेका थिए ।

शुरूमा १ जनाबाट शुरू भएको झाडापखाला संक्रमण बिस्तारै अन्यमा फैलिँदै गएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए । संक्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ चिकित्सक, ४ सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट १ चिकित्सक, ४ सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*