आज देशभर थप १०३ जनामा कोरोना पुष्टि, तीन संक्रमित भेन्टिलेटरमा

कोल्हवी न्यूज
२०८० बैशाख ७, बिहीबार १७:३४ गते

पछिल्लो २४ घण्टामा देशभर थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६४५ नमुना परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ७२ जनामा र एन्टिजेन परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ ।

साथै पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्युको खवर छैन ।

काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २६ जना, आईसीयूमा ८ जना र तीनजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*