एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु
२०८० बैशाख ६, बुधबार ०७:४८ गते
नेपालमा एकैदिन थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १२ हजार २५ पुगेको छ ।
यसैगरी, आज थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९२ जनामा गरिएको परीक्षणमा थप १७१ जनामा संक्रमण देखिएको हो ।
आज थप ८५ जना संक्रमित संक्रमण मुक्त भएका छन् । नेपालमा हाल ३ सय ९७ सक्रिय संक्रमित रहेका छन् ।









