आज थप १३६ जनामा कोरोना संक्रमण पुष्टि
२०८० बैशाख २, शनिबार ०८:११ गते
नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार ४२४ जनामा गरिएको परीक्षणमा थप १३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो दिनहरुमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढेको छ ।
हाल देशभर ४ सय १ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
।










