क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ भन्ने नारासहित विश्व क्यान्सर दिवस मनाइदै

कोल्हवी न्यूज
२०७९ माघ २१, शनिबार ०९:१० गते

आज विश्व क्यान्सर दिवस विभिन्न जनचेतनामुल कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ।

नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछ। यस वर्ष ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने नारा तय गरिएको छ।

नेपालमा बर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नेपालमा बर्सेनी १५ हजारभन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ। सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ। झन्डै ९० प्रतिशतलाई धुम्रपानका कारण क्यान्सर हुने गर्दछ।

धुम्रपानपछि वंशाणुगत कारणले पनि फोक्सोको क्यान्सर हुने गर्दछ। विश्वमै फोक्सोको क्यान्सरबाट वर्षेनी लाखौँ मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। धुम्रपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले सुझाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*