प्रधानमन्त्री कप: बाग्मतीविरुद्ध दीपेन्द्रको शतक

कोल्हवी न्यूज
२०७९ कार्तिक १३, आईतवार १३:४० गते

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा दीपेन्द्र सिंह ऐरीले बाग्मती प्रदेशविरुद्ध शतक बनाएका छन् ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबका लागि चौथो नम्बरमा क्रिजमा आएका दिपेन्द्रले ७७ बलमा ११ चौका र ३ छक्का प्रहार गदै सय रन बनाए ।

दीपेन्द्रले चौथो विकेटका लागि आरिफ शेख संग १ सय ३६ रनको साझेदारी गरेका थिए । पुलिस बाग्मतीविरुद्ध ४६.४ ओभरमा २५२/४ को अवस्थामा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*