लगाउने मान्छे नभएपछि सेरमले नष्ट गर्‍यो १० करोड डोज कोरोना खोप

कोल्हवी न्यूज
२०७९ कार्तिक ४, शुक्रबार ०८:३४ गते

कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ।

संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको बताएका छन्।

ष्लखयतभअज
टाइम्स अफ इन्डियाका अनुसार पुनेमा जारी विकासशील देशका खोप उत्पादकको सञ्जालको वार्षिक सम्मेलनमा पत्रकारसँग कुरा गर्दै पुनावालाले गत डिसेम्बरदेखि आफ्नो कम्पनीले कोभिसिल्ड नामको खोप उत्पादन बन्द गरेको जानकारी दिए।

बजारमा माग नभएर डेट एक्स्पायर हुन लागेपछि खोप नष्ट गरिएको हो।

‘कोरोनासँग मान्छेहरू दिक्क भइसकेकाले बुस्टर डोजको माग नै छैन। साँच्चै भन्ने हो भने तपाईं, हामी सबै दिक्क भइसकेका छौं,’ उनले भने। सेरमले अब कोभ्याक्स नामको खोप बनाउन लागेको उनले बताए।

ओमिक्रोन भेरियन्ट विरूद्धको खोप बनाउनका लागि अमेरिकाको नोभाभ्याक्ससँग सेरमले सहकार्य गरिरहेको पुनावालाले जानकारी दिए। पश्चिमी मुलुकमा जाडोयाममा मानिसहरूले फ्लुको खोप लगाउँदा सँगै कोरोनाको खोप पनि लगाउन सक्ने भए पनि भारतमा फ्लुविरूद्धको खोप लगाउने चलन नभएको उनले बताए।

वर्ल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म ४ करोड ४६ लाख बढी मानिसलाई कोरोनाको संक्रमण भएको छ भने ५ लाख २८ हजार संक्रमितले ज्यान गुमाएका छन्।

बुधबार पनि भारतमा १ हजार ४ सय ९४ जना संक्रमित थपिएका छन्। भारत सरकारले अहिलेसम्म २ अर्ब १९ करोड ४६ लाख डोज खोप लगाइएको बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*