साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो

कोल्हवी न्यूज
२०७९ आश्विन १३, बिहीबार ०६:४० गते

साबा महिला बास्केटबल च्याम्पिनयसिपमा नेपाल फेरि पनि उपविजेतामा सिमित भएको छ । माल्दिभ्सविरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेल जित्दै उपाधि जित्ने सम्भावनालाई जीवित राखेको थियो ।

तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा बुधबार माल्दिभ्सलाई ७२(५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्दा नेपाल दोस्रो स्थानमा सिमित रहेन पुग्यो । सन् २०१६ मा नेपालमा भएको साबाको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो, माल्दिभ्स तेस्रो, भुटान चौथो र बंगलादेश पाँचौं बनेको थियो । यसपटक बंगलादेशको सहभागिता रहेन । यसपटक तेस्रो र चौथो स्थानको टुंगो भोली बिहीबार माल्दिभ्स र भुटानबीचको खेलपछि लाग्नेछ ।

माल्दिभ्सको मालेमा बुधबार नेपालले तुलनात्मक रुपमा कमजोर भुटानमाथि ६५–२६ को सहज जित हात पारेको हो । यसअघि नेपालले मंगलबार श्रीलंकालाई ५५–४९ ले हराएको थियो । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*