बौधिमाई नगरपालिकाका सहायक कम्प्युटर अपरेटरद्वारा तलब–भत्ता वृद्धि माग,ज्ञापनपत्र बुझाइयो

कोल्हवी न्यूज
२०८३ श्रावण २, शनिबार १७:४८ गते

रौतहट,बौधिमाई नगरपालिकामा कार्यरत सहायक कम्प्युटर अपरेटरहरूले नेपाल सरकारको तलब स्केलअनुसार तलब, भत्ता तथा सेवा–सुविधा उपलब्ध गराउन माग गर्दै नगर प्रमुख, नगर उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

 

 

सहायक कम्प्युटर अपरेटरहरूले आर्थिक वर्ष २०८१ देखि हालसम्म न्यून पारिश्रमिक तथा सीमित सेवा–सुविधामा निरन्तर काम गर्दै आएको उल्लेख गरेका छन्। बढ्दो महँगीका कारण हाल प्राप्त तलबले दैनिक जीवनयापन तथा परिवारको खर्च व्यवस्थापन गर्न कठिन भएको भन्दै उनीहरूले नेपाल सरकारको प्रचलित तलबमानअनुसार सेवा–सुविधा उपलब्ध गराउन आग्रह गरेका हुन्।

 

 

 

ज्ञापनपत्रमार्फत उनीहरूले तीन बुँदे माग अघि सारेका छन्। पहिलो, नेपाल सरकारको तलब स्केलअनुसार तलब तथा भत्ताको व्यवस्था गरिनुपर्ने। दोस्रो, कार्यसम्पादनका क्रममा आवतजावत सहज बनाउन प्रत्येक सहायक कम्प्युटर अपरेटरलाई प्रतिमहिना १५ लिटर पेट्रोल उपलब्ध गराइनुपर्ने। तेस्रो, कर्मचारीको मनोबल अभिवृद्धि गर्न उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रत्येक वर्ष पुरस्कार तथा सम्मानको व्यवस्था गरिनुपर्ने।

 

 

 

ज्ञापनपत्रमा यी मागहरू शीघ्र सम्बोधन गरी कर्मचारीको पेशागत सुरक्षा, मनोबल र कार्यक्षमता अभिवृद्धि गर्न नगरपालिका नेतृत्वसमक्ष अनुरोध गरिएको छ।ज्ञापनपत्रमा सुन्द्री कुमारी, नितेश कुमार यादव, अवनिश कुमार पटेल, सनी कुमार, चन्दन कुमार, अनिल पटेल, कासी कुमार तथा रबिन्द्र कुमार ले हस्ताक्षर गरेका छन्।

 

 

 

यस विषयमा नगरपालिकाको तर्फबाट तत्काल औपचारिक प्रतिक्रिया सार्वजनिक नभए पनि सम्बन्धित पक्षले मागका विषयमा आवश्यक अध्ययन, छलफल तथा कानुनी व्यवस्थाअनुसार निर्णय गरिने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*