निजामती कर्मचारीको सरुवा अब अनलाइनबाट मात्रै, मन्त्रालयले गर्‍यो आवेदन खुला

कोल्हवी न्यूज
२०८३ असार १७, बुधबार ०६:३६ गते

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवा प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन अनलाइन सरुवा सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याइएको जनाएको छ।

सूचनाअनुसार सरुवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता (अकाउन्ट) सिर्जना गरी अनलाइनमार्फत मात्रै सरुवाको निवेदन पेस गर्नुपर्नेछ।

मन्त्रालयले अबदेखि सरुवासम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्रै सञ्चालन हुने स्पष्ट पारेको छ। त्यसैले अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवाका निवेदनमाथि कुनै कारबाही नगरिने पनि सूचनामा उल्लेख गरिएको छ।

मन्त्रालयले सम्बन्धित सबै निजामती कर्मचारीलाई समयमै व्यक्तिगत खाता बनाएर अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*