ब्लोदान बारा शाखाको प्रथम अधिवेशन सम्पन्न १५सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

कोल्हवी न्यूज
२०८३ असार ७, आईतवार १७:१४ गते

कोल्हवी:ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) बारा जिल्ला शाखाको प्रथम अधिवेशन आइतबार कोल्हवीस्थित रोजउड होटलमा सम्पन्न भएको छ।

अधिवेशनको उद्घाटन कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी ले पानसमा बत्ती बालेर गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवा भएको बताउँदै नियमित रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमका सभापति रामकुमार उप्रेतीले संस्थाले जिल्लामा रक्तदानको महत्वबारे जनचेतना फैलाउने, रक्त अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई रक्तदान अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह समेत गर्नुभयो।

अधिवेशनमा सहभागी वक्ताहरूले रक्तदान जीवनदान भएकाले समाजका सबै वर्ग र समुदायलाई यस अभियानमा जोड्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले नियमित रक्तदान संस्कृतिको विकास गर्दै रक्त अभावको समस्या समाधान गर्न संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा ईलाका प्रशासन कार्यालय प्रमुख पल्लबी कर्ण,नगर उद्ध्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद प्रसाईं,ई.प्र.का प्रमुख बुद्धिमान चोङवाङ,शसत्र बेश कोल्हबिका प्रतिनिधि,ब्लोदानका केन्द्रिय माहासचिब मचाकाजी महर्जन,केन्द्रिय कोषाध्यक्ष पुरुषोत्तम खत्री,कोल्हवी नगरपालिका वडा न.३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,४ न.का वडा अध्यक्ष बिष्णु प्रसाद मैनाली,फ्रेन्ड अफ आर एच नेगेटिभ ब्लड ग्रुपका केन्द्रिय अध्यक्ष नवराज चापागाईं केन्द्रिय उपाध्यक्ष अनिल अर्याल लगायतका माहानुभावहरुको उपस्तिथि रहेको थियो।

यसैगरी अतिथिहरुमा अनिल ठाकुर,ललित चौधरी,रोहित सुवेदी,बिसुनदयाल चौधरी,पुर्व वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी र बोधराज सुवेदी लगाएतका महानुभावहरुको उपस्तिथि रहेको थियो।

सामाजिक अभियन्ता,रक्तदाता,विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन रसिक सुवेदीले गर्नुभएको थियो।

अधिवेशनले आगामी कार्ययोजना तथा संगठन सुदृढीकरण सम्बन्धी विभिन्न विषयमा छलफल गर्दै रक्तदान सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई जिल्लाभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने आजै भएको बन्द सत्र बाट रामकुमार उप्रेतिको अध्यक्षतामा नयाँ कार्यसमिती समेत सर्वसम्मत चयन गरेको छ।जसको उपाध्यक्षमा दिपेन्द्र सुवेदी रसिक,सचिब सन्तोष नेपाल,कोषाध्यक्ष श्री राम साह,सह-सचिब अशेष ढुंगाना,सह-कोषाध्यक्ष रामु खनाल र सदस्यहरुमा प्रभुलाल कुशवाह,कालिका भण्डारी,राजाबाबु गुप्ता,रुपेन्द्र कुमार,कमलेश कुमार कुशवाह,उज्ज्वल यादब,बिबेक चौधरी,रामहरी खरेल र्पार्वती मैनाली उप्रेती रहेका छन।

यसैगरी संस्थाको सल्लाहकारमा ईन्दिरा देवकोटा उप्रेती र पबित्रा तिमल्सिना सहित पछि बैठक बाट ३ सदस्य थप हुने गरि पाँच सदस्यिय सल्लाहकार समिती समेत बनाउने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*