“मधेश महारक्तदान कार्यक्रम” एकैदिन ८ जिल्लामा, रक्त अभाव न्यूनीकरणमा पहल

कोल्हवी न्यूज
२०८३ बैशाख १३, आईतवार १६:२९ गते

“रक्तदान जीवनदान” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै मधेश प्रदेशका आठै जिल्लामा आइतबार एकैसाथ वृहत् रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। ब्लड फर नेपाल को आयोजनामा सम्पन्न यस अभियानलाई “मधेश महारक्तदान कार्यक्रम” नाम दिइएको छ।

बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रममा प्रदेशभरका १० स्थानमा एकैपटक रक्त संकलन भइरहेको छ। जनकपुरधाम स्थित नेपाल पत्रकार महासंघको प्रांगणदेखि वीरगञ्ज सम्मका विभिन्न स्थानमा नागरिकको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।

यस अभियानअन्तर्गत महोत्तरीको जलेश्वर, बर्दिबास, सोनमा गाउँपालिका, सिरहाको नवराजपुर, सप्तरीको राजविराज, सर्लाहीको मलंगवा, रौतहटको गौर र बाराको कलैयामा पनि एकसाथ रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ।

संस्थापक सरोजकुमार महतो का अनुसार बेलाबेला देखिने रगत अभावलाई न्यूनीकरण गर्नुका साथै नागरिकमा रक्तदानप्रति सकारात्मक सोच विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो।

उनले “रक्तदान महादान हो भन्ने सन्देश फैलाउँदै नियमित रक्तदानको संस्कार बसाल्नु आवश्यक छ” भन्ने धारणा व्यक्त गरे।

आयोजकका अनुसार यस अभियानमार्फत संकलित रगतले प्रदेशभरका अस्पतालहरूमा हुने आकस्मिक अभाव पूर्ति गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*