दिनको १५ मिनेटमा मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्ने पाँच तरिका

कोल्हवी न्यूज
२०८२ माघ ८, बिहीबार ०८:३१ गते

आजकल व्यस्त जीवनशैलीका कारण धेरै मानिस तनाव, उच्च रक्तचाप र थकानको समस्यामा छन्। तर स्वास्थ्य सुधारका लागि घण्टौँ जिममा जानु वा महँगो उपचार गर्नु अनिवार्य छैन।

विशेषज्ञहरूले दिनमा केवल १५ मिनेट समय लिएर गर्न सकिने पाँच उपाय सुझाएका छन्।

१. गहिरो सास फेर्नु – बिहान उठेर आँखा बन्द गरी गहिरो सास लिनाले दिमागमा अक्सिजन पुग्छ र तनाव घट्छ।
२. छोटो पैदल यात्रा – खाना पछिको १०–१५ मिनेटको छिटो हिँडाइले पाचन र मुटुको स्वास्थ्य सुधार्छ।
३. डिजिटल डिटक्स – दिनको कम्तीमा १५ मिनेट फोन टाढा राखेर ध्यान वा प्रकृतिसँग समय बिताउन सकिन्छ।
४. मनपर्ने गीत सुन्ने/किताब पढ्ने – १५ मिनेटको लागि गीत सुन्नु वा किताब पढ्नाले मूड र ऊर्जा बढाउँछ।
५. प्रियजनसँग कुराकानी – परिवार वा साथीहरूसँग खुलेर कुरा गर्दा खुसी महसुस हुन्छ र प्रतिरक्षा प्रणाली बलियो हुन्छ।

विशेषज्ञका अनुसार, यी पाँच सरल अभ्यासले मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ र व्यस्त जीवनशैलीमा पनि अपनाउन सजिलो छ। रातोपाटीबाट साभार, हामीले फरकशैलीमा प्रस्तुत गरेका छौँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*