सिरहामा स्वास्थ्य चौकीमा वडाध्यक्षले नै लगाए ताला

कोल्हवी न्यूज
२०८२ पुष २८, सोमबार १८:५१ गते

सिरहा जिल्लाको गोलबजार नगरपालिका-१० स्थित स्वास्थ्य चौकीमा वडाध्यक्षले नै ताला लगाएका छन् । वडाध्यक्ष उपेन्द्र मुखियाले सोमबार स्वास्थ्य चौकीमा तालाबन्दी गरेका हुन् ।

स्वास्थ्य चौकी भए पनि पर्याप्त जनशक्ति नभएको, भएका चिकित्सक पनि समयमा नआउने, सधैं औषधि अभाव हुने तर नगरपालिकामा गुनासो गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको मुखियाले बताए ।

‘नागरिकबाट गुनासा नै गुनासा आए, मैले नगरपालिकासँग सहयोग माग्ने हो, तर नगरपालिकाबाट बेवास्ता भयो,’ उनले भने, ‘बाध्य भएर मैले तालाबन्दी गर्नुपर्‍यो, जबसम्म यहाँको समस्या सम्बोधन हुँदैन, तबसम्म ताला खुल्दैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*