घुर्ने समस्याले कुन-कुन रोगको जोखिम बढछ ?
घुर्ने समस्या विश्वभर नै साझा समस्याको रुपमा रहेको पाइन्छ। सुत्दा घुर्ने (snoring) धेरै सामान्य समस्या हो । तर कहिलेकाहीँ यो गम्भीर स्वास्थ्य संकेत पनि हुन सक्छ। घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन । सुतेपछि आफु घुरेको पत्तो हुँदैन तर उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । यो समस्या बानीको रुपमा विकास हुनु एक प्रकारको जटिल रोग हुनसक्छ।
घुर्ने रोगनै लागेको हो भने हार्ट अट्याक, मुटुको चालमा गडबडी, प्यारालाइसिस, मानसिक समस्या, थकान, सडक दुर्घटना, प्रेसर, मधुमेह, यौन समस्या आदि हुने सम्भावना धेरै हुन्छ । अत्यधिक घुराइको कारण पारिवारिक तथा पेशागत सम्बन्धमा पनि ह्रास आउन सक्छ । अत्यधिक आलस्यपन तथा निद्राका कारण मोटोपन झन् बढ्दै जान सक्छ । त्यसैले यस्तो रोगको समयमै निदान तथा उपचार गरेमा पछि आउने विभिन्न स्वास्थ्यसम्बन्धि समस्याबाट जोगिन सकिन्छ ।
घुर्ने प्रमुख कारणहरू
- नाक बन्द हुने (एलर्जी, जाडो, टन्सिल वा पोलिप)
- घाँटी वरिपरिको मासु बाक्लो हुनु वा मोटोपन
- घाँटीको मांसपेशीहरू कमजोर हुनु (मद्यपान, औषधि प्रयोग)
- ढाड पल्टेर सुत्दा जीभ पछाडि खस्नु
- उमेर बढ्दै जाँदा सुत्दा श्वासको बाटो साँघुरो हुनु
कहिले चिन्ता गर्नु पर्ने ?
- घुर्ने बेलामा सास रोकिएर झसंग ब्युँझिनु (Sleep Apnea)
- अत्यधिक दिनभरि निदाउने, थकान हुनु
- टाउको दुख्ने वा रक्तचाप बढ्नु
- बच्चामा लगातार घुर्ने (adenoids/tonsils समस्या हुन सक्छ)
घुर्ने कम गर्ने उपायहरू
- एकातिर फर्केर सुत्ने बानी बसाल्ने
- तौल नियन्त्रण गर्ने
- मदिरा वा निद्राको औषधि कम गर्ने
- नाक बन्द भए उपचार गर्ने
- सिरानी अलिकति अग्लो गरेर सुत्ने
यदि लगातार घुर्ने र सास रोकिएर ब्युँझिने समस्या छ भने ENT विशेषज्ञ वा स्लीप मेडिसिन डाक्टर सँग जाँच गराउनु राम्रो हुन्छ।










