महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

कोल्हवी न्यूज
२०८१ बैशाख १२, बुधबार ०६:४६

लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हात पारेको छ । सुर्खेतस्थित कर्णाली स्टेडियममा भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३-१ ले पराजित गरेको हो ।

लुम्बिनीका लागि सुशिला केसीले ४०औं, कप्तान ममता पुनले ५९औं र प्रतिक्षा ठकुरीले ८२औं मिनेटमा गोल गरे ।

त्यसअघि बागमतीका लागि सुमिता तामाङले २४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर त्यसलाई बागमतीले कायम राख्न सकेन भने लुम्बिनीले पुनरागमन गर्दै जित निकाल्यो ।

जितपछि लुम्बिनीले २ खेलबाट ३ अंक जोडेको छ । लुम्बिनी पहिलो खेलमा गण्डकीसँग ४-२ ले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*