२०५ बालबालिकालाई न्यानो कपडा तथा २५ वृद्ध वृद्धालाइ बल्यान्केट वितरण

अनिल प्रित
२०७८ माघ ३, सोमबार ०६:४९

बाराको कोल्हवी वडा नं. १ को खैरा काटामा एक कार्यक्रमका बिच २०५ बालवालिका र २५ वृद्ध वृद्धालाई न्यानो कपडा बल्यान्केट बितरण गरिएको छ।

तराईमा अत्याधिक चिसो तथा शीतलहर बढेको कारण बालबालिका तथा वृद्ध -वृद्धाले अकालमै ज्यान गुमाउनु नपरोस भनि कोल्हबी नगरपालिका वडा न.१ को खैरा काटा टोलमा अपेन असोसियन अफ प्रि.इजुकेसन नेपाल काठमाडौं माहानगरपालिका द्वारा न्यानो कपडा बितरण गर्नु भएको हो ।
कोल्हवीको युवा समाजसेबि अशोक महर्जनको पहलमा २०५ बालबालिकाहरुलाई न्यानो कपडा साथै २५ थान वृद्ध वृद्धालाइ बल्यान्केट वितरण गरेका हो ।

कार्यक्रमका प्रमुख अतिथि अपेन काठमाडौंका अध्यक्ष तिलक नारायण मानन्धर, विशिष्टट अतिथि अपेन काठमाडौंका केन्द्रिय सचिव उमानाथ निरौला, समाजसेवी रामचन्द्र साफी , युवा समाजसेवी अमृत जि.आर, हरिओम रौनियार, हेमकर्ण सिवाकोटी, अतिथि अपेनका बन्दना अधिकारी, सबिना थापा, निशा प्रधान, कोल्हबीका सारदा सिवाकोटी , उमेश कुमार रन्जन लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमका सभापति समाजसेवी कैलाश बिस्वकर्मा थिए भने कार्यक्रम संचालन ज्ञानेन्द्र चौधरीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अपेन नेपाल काठमाडौंका मानन्धरले देशभरीका गरिब, असहाय बालबालिका तथा वृद्ध बृद्धाहरुलाई यस संस्थाले सहयोग गर्दै आईरहेको बताउनु भयो । अगामी बैशाख तिर पनि बालबालिकाहरुलाई पढ्न लेख्नको लागि कापी, कलम, झोला लागायतको सामग्री सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
मानन्धरले कार्यक्रम देशभरीमा आवश्यक पर्ने ठाउमा गएर सहयोग गर्ने बताउनु भयो साथै यस संस्थालाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिदै अगामि दिनमा पनि सहयोग गर्नुहुन अनुरोध गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*