विवाह व्रतबन्धमा २५ जना भन्दा बढी उपस्थित हुन नपाइने

कोल्हवी न्यूज
२०७८ माघ १, शनिबार १२:५०

कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य गतिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ । सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ ।

यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो । त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*