चिसोलाई मध्यनजर गर्दै वीरगञ्जमा ५० थान कम्बल वितरण

कोल्हवी न्यूज
२०७८ पुष ३०, शुक्रबार ०५:५३

चिसो मौसमलाई मधयनजर गर्दै वीरगञ्जमा ५० थान कम्बल वितरण गरिएको छ ।

रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्जले गरिब, विपन्न, अशक्त एवम् असहायहरुलाई कम्बल वितरण गरेको हो । बढ्दै गरेको शितलहरबाट कोही पनि प्रभावित नहोस् भन्ने अभिप्रायले गोपाल मण्डल र बिकि शर्माको सहयोगमा क्लबले कम्बल वितरण गरेको हो ।

वीरगञ्जको घण्टाघर, छपकैया, श्रीपुर, बसपार्क, भन्सार, बाइपास रोड, प्रतिमा चौक, लक्ष्मण लगायतका क्षेत्रमा गएर कम्बल वितरण गरिएको क्लबकी सदस्य खुशी रौनियारले जानकारी दिइन् ।

क्लबका प्रभात ब्याहुत, सन्दिपराज ओझा, अभिषेक सर्राफ, बिपिन महर्जन, सन्दिप कुश्वाह लगायतको सक्रियतामा वितरीत कम्बलले ५० जनालाई न्यानो प्रदान हुने क्लबको विश्वास छ । साथै आगामी दिनमा पनि अन्य स्थानमा कम्बल वितरणलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*