प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीद्वारा न्यानो सल बितरण अभियानलाई निरन्तरता

कोल्हवी न्यूज
२०७८ पुष ३०, शुक्रबार ०५:५०

पर्सा क्षेत्र नम्बर २ (ख) का प्रदेश २ सभा सदस्य रमेश प्रसाद कुर्मी द्वारा आफनो क्षेत्रमा रहेका बिपन्न, एकल , बृद्ध एवम असहाय महिला हरु लाई न्यानो साल बितरण अभियान लाई हिजो विहिबार तेस्रो दिन पनि निरन्तरता दिएका छन् । कुर्मीले आफने संसदीय कोष बाट बितरण गरिरहेको यस चार दिने अभियान अन्तर्गत हिजो तेस्रो दिन बिमपा वडा(२६ को अठराहामा १०० थान न्यानो सल बितरण गरेका छन् ।

बढ्दै गएको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै आफुले आफनो क्षेत्रमा रहेका बिपन्न ,एकल ,बृद्ध तथा असहाय महिलाहरु लाई चिसो र सितलहर बाट राहत प्रदान गर्ने उद्देश्यले क्षेत्र भरी नेै साल बितरण गर्ने अभियान चलाएको किनभने सेवा नै सर्बोत्तम धर्म हो र जनताको सेवा सहयोग गर्नु जनप्रतिनिधिहरु को दायित्व र कर्तव्य पनि रहेकोले तेश्रो दिन समाजमा रहेका बिपन्न ,एकल ,बृद्ध र असहाय महिलाहरु लाई प्राथमिकतामा राखि चार दिवसीय अभियान अन्तरगत तेस्रो दिन बिरगंज २६ अठराहा मा १०० न्यानो साल बितरण गरिएको बताउनुभयो ।

सल बितरण कार्यक्रममा लालबाबु पटेल ,दिपक पटेल,नागेश्वर पडित, बिरेन्द्र साह,हिमाचल पटेल लगायत्को उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो दिन सान्सद कुर्मीले आफनो क्षेत्रमा ३२८ थान , दोश्रो दिन २२३ थान र तेस्रो दिन हिजो १०० थान गरी ३ दिनको अभियानमा ६५१ थान न्यानो साल बितरण गरिसकिएको स्वकीय सचिव फिरोज शेख ले बताउनु भयो र यो अभियान चौथो र अन्तिम दिन पनि जारी रहने जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*