अहिलेसम्मको खोपले ओमिक्रोन भेरियन्ट विरुद्ध काम नगर्ने !

कोल्हवी न्यूज
२०७८ पुष २९, बिहीबार ०६:२९

पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना संक्रमित रहेकोमा बुधबार मात्रै ३ हजार ७५ जनाका कोरोना संक्रमण देखिएको छ । कुल १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना देखिएको हो ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई आधार मान्ने हो भने हालसम्म बनाइएका भ्याक्सिनले ओमिक्रोन भेरियन्टलाई काम नगर्ने देखिएको छ । जुन निकै नै चिन्ताको विषय हो, त्यसैले विशेष सतर्कता अपनाउनु नै सर्वोत्तम उपाय हो

डा। रमेशकुमार आचार्य, कोभिडसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ तथा वरिष्ठ भाइरोलोजिस्ट संक्रमण दरको अवस्था हेर्दा कुल परीक्षणमध्ये २० पुसमा ४ दशमलव २ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, २१ पुसमा ४ दशमलव ३ प्रतिशत, २२ पुसमा ४ दशमलव ५ प्रतिशत, २३ पुसमा ६ दशमलव ५ प्रतिशत, २४ पुसमा ७ दशमलव १ प्रतिशत कुल संक्रमण दर रहेको छ । त्यस्तै, २५ पुसमा ९ दशमलव ६ प्रतिशत, २६ पुसमा १५ दशमलव ६ प्रतिशत र २७ पुसमा १८ दशमलव ६ प्रतिशत संक्रमण भएको देखिएको छ ।

२२ पुसयता कोरोना संक्रमण दर ह्वात्तै बढेको देखिएको छ । २३ पुसमा १४ हजार ९ सय ७१ जनाको नमुना परीक्षण गर्दा एकैदिन ९ सय ३८ जना संक्रमित थपिएको थियो । २४ पुसमा ९ सय ४४ जना संक्रमित थपिए । साथै २५ पुसमा १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण ९ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । २६ पुसमा ११ हजार ४ सय २९ जनाको परीक्षण गर्दा १ हजार ४ सय ४६ जना संक्रमित थपिए । २७ पुससम्म आइपुग्दा सो संक्रमण दर बढेर २ हजार ४ सय ४४ पुगेको थियो । राजधानी दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*