निर्वाचनबाट पदाधिकारी चयन गर्नु पर्ने भन्दै एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

कोल्हवी न्यूज
२०७८ पुष २९, बिहीबार ०६:०९

नेतृत्व चयनमा सहमति नजुटेपछि नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। वीरगञ्जमा मङगलबार उद्घाटन समारोह सकिएपछि नेतृत्व चयनका लागि मङगलवार राति नै बन्द सत्र सुरु भएको थियो।

हिजो मंगलबार साँझ सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रभु हजराले प्रस्तुत गर्नु भएको राजनैतिक प्रतिवेदन, सचिव मनोज गुप्ताले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन र सन्तोष पासवानले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन संशोधन सहित पारीत भएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले सहमतिको आधारमा सर्वसम्मतिले पदाधिकारी र सदस्य चयन गर्न अधिकार अध्यक्ष मण्डललाई दिन प्रतिनिधिहरु बिच प्रस्ताव राख्नु भएको थियो ।

अधिकाशं सहभागीहरुले अध्यक्ष मण्डललाई अधिकार न दिने आन्तरिक निर्वाचनबाट पदाधिकारी र सदस्यहरु चयन गर्नु पर्ने भन्दै अध्यक्ष मण्डलको प्रस्तावको बिरोध गरेका थिए । नेतृत्व चयनको प्रक्रियामा सहमति नभए पछि बन्द सत्र स्थगित भएको छ । अध्यक्ष मण्डलले सर्वसम्मतिले सहमति गर्ने नभए निर्वाचन प्रक्रियामा जाने अध्यक्ष मण्डलको तयारी गरी रहेको बुझिएको छ ।

जिल्ला भरीबाट ७ सय ८५ प्रतिनिधि सहभागिता रहेको छ । त्यसपछि अध्यक्ष मण्डलका अध्यक्ष र सदस्यहरु बन्दसत्र हलबाट बाहिर निस्किन लाग्दा प्रतिनिधीहरुले प्रदर्शन गर्दै उनिहरुलाई अवरोध पनि गरेका थिए । त्यसपछि अध्यक्ष मण्डलका अध्यक्ष हजराले सुचना टाँस गरेर अधिवेशन अर्को सुचना नभएसम्मका लागि स्थगित गरिएको घोषणा गरेको दासले जानकारी दिए ।

एमाले पर्साको अध्यक्षका लागि पूर्वसांसद विचारी यादव, जिल्ला सचिव मनोज गुप्ता, संविधानसभा सदस्य जय प्रकाश थारु, महानगर कमिटी सचिव सुन्दर कुर्मी, नेताहरु विश्वम्भर शर्मा र नवराज शर्मा गरि ६ जना आकांक्षी थिए । बन्द सत्रमा प्रदेश इन्चार्ज रघुवीर महासेठ र सह इन्चार्ज शुशिल फ्याकुरेलको उपस्थिति रहेको थियो । मंगलबार महासचिव शंकर पोखरेलले उदधाटन गर्नु भएको थियो । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*