यादव र भट्टराई बीच चर्कियो विवाद, भट्टराईलाई अध्यक्ष बनाउनु पर्छ भन्दै कार्यक्रम बहिस्कार

कोल्हवी न्यूज
२०७८ पुष २९, बिहीबार ०६:०८

महन्थ ठाकुर पक्ष छुट्टिएर गएको ६ महीना नपुग्दै जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षबीचको संघर्ष छताछुल्ल भएको छ । बाबुराम भट्टराई पक्षले केन्द्रीय अध्यक्ष मागेपछि विवाद शुरू भएको हो । जसपा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच देखिएको विवादको प्रदेश २ मा सम्म पुगेको छ ।

महोत्तरीको बर्दिवासमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा भट्टराई पक्षधर नेता तथा कार्यकर्ताले भट्टराईलाई केन्द्रीय अध्यक्ष बनाउनु पर्छ भन्दै कार्यक्रम बहिस्कार गरेका छन् । २६ पुसमा शुरू भएको तीनदिने प्रशिक्षण जसपाका अर्का नेता महेन्द्र राय यादव पक्षधर नेताहरूले समेतले भट्टराईलाई केन्द्रीय अध्यक्ष बनाउनु पर्छ भन्दै कार्यक्रम बहिस्कार गरेका छन् । कृषि तथा पशुपन्क्षी विकास मन्त्री समेत रहेका यादव पक्ष पनि पार्टी संस्थापनसँग असन्तुष्ट देखिन्छन् ।

जसपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । ठाकुर नयाँ पार्टीमा लागेपछि जसपाको एउटा अध्यक्ष पद रिक्त छ । त्यसमा आफूलाई लैजानुपर्ने भट्टराईको दाबी छ । उनी पक्षधर नेताहरू भट्टराईलाई अर्को अध्यक्षको जिम्मेवारी दिएर यादवको हैसियतमा राख्न चाहन्छन् । तर, यादव पक्षधर नेताहरू भने भट्टराईलाई त्यो पद नदिनैका लागि विधान संशोधन गरेर एउटा अध्यक्षको व्यवस्था गर्नुपर्ने पक्षमा देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*