एकै दिन २४ सय ४४ मा संक्रमण पुष्टि

कोल्हवी न्यूज
२०७८ पुष २८, बुधबार ०६:३७

पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा १५ हजार ३३ जनाको परीक्षण गरिएको थियो ।

यस अन्तर्गत १० हजार ६ सय ४८ जनाको पीसीआर गर्दा १९ सय ८१ जनामा तथा ४३ सय ८५ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ३ सय १३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक जना संक्रमणको दुखद निधन भएको छ ।

यो अवधिमा १ लाख ८० हजार ४ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*