वीरगञ्जमा १२ वर्ष मुनीका विद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन स्थगित, माघ ७ गतेसम्म परीक्षा सक्न निर्देशन

कोल्हवी न्यूज
२०७८ पुष २८, बुधबार ०६:०८

१२ वर्ष भन्दा मुनीका विद्यार्थीहरुको भौतिक उपस्थितीमा पठनपाठन स्थगित गर्ने वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले निर्णय गरेको छ । मंगलवार वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको बैठकले १२ वर्ष मुनीका विद्यार्थीहरुको भौतिक उपस्थितीमै पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।

वीरगञ्जस्थित सामुदायिक माद्यामिक विद्यालय र आधारभुत विद्यालयका प्रधानाध्यापक एव्म् प्याब्सन र एनप्याब्सनका प्रतिनीधिहरुको उपस्थितीमा बसेको बैठकले आगामी माघ ७ गतेभित्र विद्यालयमा लिइने सबै परीक्षा सम्पन्न गर्न गराउन पनि निर्देशन दिएको छ ।

परीक्षा तालिका परिमार्जन गरेर भएपनि माघ ७ गतेभित्र परीक्षा सम्पन्न गर्न बैठकले निर्णय गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले जानकारी दिए । त्यस्तै विद्यालयहरुमा अनिवार्य रुपमा मास्कको प्रयोग, सेनिटाइजर, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने, तापक्रम लिने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न र गराउन पनि निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*