११ हजार ९९३ मा कोरोना परीक्षण गर्दा ४१२ लाई संक्रमण

कोल्हवी न्यूज
२०७८ मंसिर १, बुधबार १७:१८

नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४१२ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ११ हजार ९९३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
१० हजार १०६ जनाको पिसिआर परीक्षण र १८८७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ६३६ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ।

२०२ कोरोनाबाट निको भएका छन्।

त्यस्तै, काठमाडौं उपत्यकामा १४९ थपिएका छन्। जसमध्ये काठमाडौंमा १०२, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*