बाराको जितपुरसिमरामा करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

कोल्हवी न्यूज
२०८३ आश्विन २५, आईतवार ०७:२७ गते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय रामचन्द्र महतोकी श्रीमती ४५ वर्षीया सिरिया देवी महतो रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार दिउँसो करिब १ः५० बजे घरपछाडि सरसफाइ गर्ने क्रममा नाङ्गो तार छुँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई श्रीमान् रामचन्द्रले उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा ईसीजी परीक्षण गर्दा दिउँसो २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

मृतकको शव सिटी स्टार अस्पतालमै राखिएको प्रवक्ता घलेले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*