बाराको कोल्हवीमा रास्वपाको ‘हामी आउँदै छौँ’ कार्यक्रम सम्पन्न

कोल्हवी न्यूज
२०८३ आश्विन २३, शुक्रबार २१:४७ गते

कोल्हवी,बारा:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  “हामी आउँदै छौँ” अभियान अन्तर्गत आफ्ना नगर देखि वडा सम्मका कार्यकर्ता स्तरीय अभिमुखीकरण तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

 

 

असोज २३ गते होटल रोज उड कोल्हवीमा आयोजित उक्त कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ता माझ व्यापक छलफल गरिएको थियो।
​

 

 

कार्यक्रममा पार्टीका नेताहरू प्रकाश गौतम, दिपक कु. साह, बल्लु गुप्ता लगायत नगर तथा वडास्तरका प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। विकास, सुशासन र स्वतन्त्रताको मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा आगामी स्थानीय चुनावलाई मध्यनजर गर्दै वडादेखि नगरपालिकारूपसम्म कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने भन्नेबारे गहन मन्थन भयो।

 

 

​कार्यक्रममा बोल्दै पार्टी प्रतिनिधिहरूले निष्ठावान, जनप्रिय र परिवर्तन ल्याउन सक्ने सक्षम उम्मेदवार छनोटको महत्त्वमाथि जोड दिएका थिए। त्यसैगरी, योग्य व्यक्तिहरू कसरी उम्मेदवार छनोटको प्रक्रियामा पर्न सक्छन् र उम्मेदवारी मापदण्ड कस्तो हुनुपर्छ भन्ने विषयमा कार्यकर्ताहरूलाई विस्तृत मार्गदर्शन प्रदान गरिएको थियो।
​

 

 

स्थानीय तहमा पारदर्शी र उत्तरदायी नेतृत्व निर्माणका लागि तल्लो तहदेखि नै सही उम्मेदवार चयन गर्नुपर्नेमा सहभागीहरूले ऐक्यबद्धता जनाएका थिए। कार्यक्रममा कोल्हवी नगर समितिका सभापती थानेस्वर पहाडी लगाएत कार्यसमितिका पधाधिकारिहरु, साथै विभिन्न वडा समितिका पदाधिकारी, शुभेच्छुकहरुको उत्साहजनक सहभागिता रहेको थियो।

 

 

 

‘जनताको साथ,परिवर्तनको लागि’ भन्ने अठोटका साथ सम्पन्न उक्त कार्यक्रमले स्थानीय स्तरमा पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तयारीलाई थप मजबुत बनाएको एक स्थानिय कार्यकर्ताले बताएका छन्!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*