आज पनि वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने
देशका विभिन्न स्थानमा आज पनि वर्षा, मेघगर्जन र चट्याङसहित मौसम बदली हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि भने मौसम क्रमशः सुधार हुँदै जानेछ।
गएराति गण्डकी र बागमती प्रदेशका पहाडी केही स्थानमा हल्का वर्षा भएको थियो। पश्चिमका एक–दुई स्थानमा पनि छिटपुट पानी परेको महाशाखाले जनाएको छ। अहिले गण्डकी प्रदेशका एक–दुई स्थानबाहेक देशका अधिकांश भागमा वर्षा रोकिएको छ।
आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ।
देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार आजसम्म वर्षाको गतिविधि कायम रहनेछ। शनिबारदेखि भने मौसममा क्रमशः सुधार आउने अपेक्षा गरिएको छ।










