सिमराको स्टाफ होटलमा चक्कु प्रहार गरी ३८ वर्षीय खड्काको हत्या, आरोपित आयुष राई पक्राउ

कोल्हवी न्यूज
२०८३ आश्विन ४, आईतवार ०६:४२ गते

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित मेनरोडमा रहेको सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय शेरबहादुर खड्का रहेका छन्।

प्रहरीका अनुसार शनिबार साँझ आपसी झगडाका क्रममा सोही स्थानका ठुले राईका छोरा अन्दाजी २२ वर्षीय आयुष राईले होटलको भान्सामा रहेको धारिलो हतियार प्रयोग गरी खड्काको घाँटीमा प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई तत्काल सिमरा नगर अस्पताल लगिएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएका खड्काको उपचारकै क्रममा शनिबार साँझ ६ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार भएका आरोपित आयुष राईलाई प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित धान खेतबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दयाकृष्ण भट्टले पुष्टि गरेका छन्।

पक्राउ परेका राईमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*