निर्माण व्यवसायी संघ मकवानपुर : सदस्य पदमा रोशन ठकुरीको दाबी

कोल्हवी न्यूज
२०८३ भाद्र २७, शनिबार ०९:१४ गते

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको यही भदौ २८ गते सम्पन्न हुन लागेको निर्वाचनमा रोशन ठकुरीले सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

हेटौंडा–४ स्थित आर.बी.एस. कन्स्ट्रक्सनका प्रोप्राइटर ठकुरी लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका छन्। निर्माण व्यवसायीका पेशागत हकहित, व्यवसायीका समस्या तथा निर्माण क्षेत्रको संरक्षण र प्रवर्द्धनका विषयमा आफूले निरन्तर काम गर्दै आएको उनले बताएका छन्।

निर्माण व्यवसायी संघ मकवानपुरको निर्वाचनमा उम्मेदवारी दिँदै ठकुरीले निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायीबीच सहकार्य तथा निर्माण क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्माण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका ठकुरीले आफूलाई व्यवसायीहरूको विश्वास, साथ र सहयोग प्राप्त हुने अपेक्षा गरेका छन्। उनले संघलाई थप प्रभावकारी बनाउँदै व्यवसायीका साझा समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

ठकुरीले सम्पूर्ण निर्माण व्यवसायीहरूबाट साथ, सहयोग र अमूल्य मतको अपेक्षा गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*