थप ३७७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

कोल्हवी न्यूज
२०७८ कार्तिक ३०, मंगलवार १७:४०

पछिल्लो २४ घण्टामा नेपालमा ३७७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३३९ जना र एन्टिजन परिक्षण गर्दा ३८ जना गरि जम्मा ३७७ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १७० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७।७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ४ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार १४९ जनाको कोरोना परिक्षण गरेका थिए भने ७९ हजार ५६९ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*